चिसापानीको जुवाखालमा कास्की प्रहरीले छापा मार्न जाँदा २४ राउण्ड गोलिसहित हर्नेट बरामद
१६ थान कौडासहित ६ जना प्रकाउ
पाेखरा | मंसिर ७, २०८०
पोखरा: पोखराको चिसाखोला स्थित एकघरमा जुवा (कौँडां) खेलिरहेको स्थानमा प्रहरीले छापा मार्न जाँदा एकथान हर्नेटसहित २४ राउण्ड गोलि र ६ जना जुवाडेलाई प्रकाउ गरेको छ ।
पोखरा महानगरपालिका २२ चिसाखोला स्थित भेष बहादुर गुरुङको आँगनमा जुवा (कौँडा) खेलिरहेको अवस्थामा १६ थान कौँडा, ८२ हजार ८ सय २५ रुपैयाँ र जिन्सीसहित ६ जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलीले प्रकाउ गरेको हो ।
गुरुङलाई नियन्त्रणमा लिएर घर खानतलासी गर्दा कोठामा लुकाई छिपाई राखेको (लाईसेन्स नभएको)पइन्ट २२ हर्नेट र २४ राउण्ड गोली र एकथान म्यागजिन बरामद गरेको कास्की प्रहरीले जनाएको छ ।
अहिले थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

